+
+

श्रीमतीलाई कुटपिट गरेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ३ गते १४:०५

३ पुस, काठमाडौं । श्रीमतीलाई कुटपिट गर्दै घरेलु हिंसा गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मुगुको छायाँनाथ रारा नगरपालिका-११ का २८ वर्षीय कृष्ण कुमाई छन् । उनल आफ्नी श्रीमतीमाथि पटक-पटक कुटपिट गर्दै घरेलु हिंसा गरेको आरोप छ ।

गत २० कात्तिकमा उनले श्रीमती पदमकला साउदमाथि चिर्पटले आक्रमण गरेका थिए । चिर्पट प्रहारबाट घाइते श्रीमतीको उद्धार गरी जिल्ला अस्पताल पुर्‍याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि नेपालगञ्ज ल्याइएको थियो ।

पटक-पटक मदिरा सेवन गर्दै कुटपिट गरेको र घरेलु हिंसा गरेको, मन्जुरी बिना करणी गर्ने गरेको भन्दै श्रीमतीले मुगु प्रहरीमा जाहेरी दिएकी थिइन् । गत बिहीबार राति श्रीमतीमाथि पुन आक्रमण गर्न खोज्दा पदमकला भागेर ज्यान जोगाएको मुगु प्रहरीले जनाएको छ । त्यसपछि प्रहरीले श्रीमान कृष्णलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?