+
+

ग्रिन डेभलपमेन्ट बैंकले लाभांश दिने, कति पाइन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ३ गते १४:००

३ पुस, काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले ६.०५२७ प्रतिशत लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको २ पुसमा बसेको २१९औं बैठकले आर्थिक वर्ष २०८०÷८१ का लागि बोनस सेयर र नगद लाभांश गरी उक्त परिमाण बराबर लाभांश घोषणा गरेको हो ।

बैंकका अनुसार गत आवको वितरणयोग्य सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस दिने घोषणा गरेको हो । यो भनेको ३ करोड ९ लाख ७६ हजार ५ सय १५ रुपैयाँ बराबर बोनस सेयर वितरण गरिने छ ।

सोही मुनाफाबाट कर प्रयोजनका लागि ०.३०२७ प्रतिशतले हुन आउने १६ लाख ३० हजार ७ सय ११ रुपैयाँ नगद लाभांश दिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?