+
+

‘द्रौपदी’ नेपालसहित अमेरिका र अष्ट्रेलियामा एकैदिन, यस्तो छ पोस्टर

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ३ गते १५:०५

काठमाडौं । चैत ८ गतेदेखि विश्वभर प्रदर्शन तयारीमा रहेको फिल्म ‘द्रौपदी’को लुक्स सार्वजनिक भएको छ । पटकथा लेखक तथा निर्देशक ऋषिराज आचार्यले कलाकारलाई समेटेर फिल्मका दुई पोस्टर बुधबार ल्याएका छन् ।

सो मितिमा फिल्म नेपालसहित अमेरिका र अष्ट्रेलियामा पनि प्रदर्शनमा आउने भएको छ । ‘ती मुलुकमा रिलिज डेट टुंग्याउने तयारीमा छौं’ आचार्यले अनलाइनखबरसँग भने ।

आरबी मूभिजको ब्यानरमा निर्माण भएको मौलिक कथावस्तुको फिल्ममा ‘नेपाल आइडल’ फेम्ड रवि ओड, आश्विनी शाही, सुजाता तिमल्सिना, कविराज भाम, प्रकाश ज्ञवाली, सीता बौडेल, विष्णु ठडराई, सुरज अधिकारी र आचार्यले अभिनय गरेका छन् ।

ओडले संगीत दिएका छन् । निर्मातामा आचार्यसहित प्रकाश ज्ञवाली छन् । सौरभ शर्माको पाश्र्वसंगीत छ । अनिल महर्जनको सम्पादन, विजय आचार्यको कला, मोहन झिल्लुको छायांकन छ ।

फिल्मलाई डोल्पाको प्रसिद्ध पर्यटकीय थलो शे–फोक्सुण्डो लगायतका थलोमा खिचिएको छ । निर्देशक आचार्यले दुर्गम थलोको पर्यटन प्रवद्र्वनमा पनि फिल्मले भूमिका खेल्ने बताए ।

‘नेपालको वास्तविक सुन्दरता यो चलचित्रमा देख्न सकिन्छ’ उनले भने, ‘सोही कारण यसलाई अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरेर निर्माण गरिएको छ । फिल्म हेरेका दर्शकले नेपालीपनको आभास गर्नेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?