+

प्लेअफलाई नयाँ प्रतियोगिता सोचेर खेल्यौं : सोमपाल कामी

२०८१ पुष  ३ गते १६:०५ २०८१ पुष ३ गते १६:०५
प्लेअफलाई नयाँ प्रतियोगिता सोचेर खेल्यौं : सोमपाल कामी

३ पुस, काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सका कप्तान सोमपाल कामीले लिगका प्रदर्शन र नतिजा भुलेर प्लेअफलाई नयाँ प्रतियोगिताका रूपमा हेरेर खेलेको बताएका छन् ।

चितवन राइनोजमाथि जित निकालेपछि त्रिवि मैदानमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । जे जस्तो प्रदर्शन भएपनि प्लेअफमा नयाँ प्रतियोगिताका रूपमा लिएको प्रतिक्रिया उनले दिएका छन् ।

टस जिते पनि आफ्नो लक्ष्य ब्याटिङ गर्ने नै लक्ष्य रहेको उल्लेख गर्दै उनले यसअघि ब्याटिङमा राम्रो सुरुवात चाहे पनि त्यस्तो नभएपछि विकल्प खोजिरहँदा जयकिसन कोल्सावालालाई भित्र्याएको बताए ।

कोल्सावालाको अर्धशतकमा कर्णालीले चितवन राइनोजलाई १ सय ७६ रनको लक्ष्य दिएको थियो । उक्त रन पछ्याएको चितवन राइनोज १ सय ५४ रनमै अलआउट भयो ।

अगाडिदेखि नै नेपाली क्रिकेटबारे जानकार कोल्सावालासँग कुराकानी पनि भइरहेको पनि उनले खुलासा गरे । कोल्सावालालाई दिएको जिम्मेवारी अनुरूप उनले राम्रोसँग काम गरेको सोमपालको भनाइ छ ।

कुन खेलाडीले कति रन बनायो भन्नेकुरा ध्यान दिनेभन्दा पनि बोर्डमा कुल कति रन बन्यो भन्ने ध्यान दिएको उनको भनाइ छ ।

१६० रनको जति लक्ष्य बनाउने योजना बनाए पनि धेरै भन्दा आफू खुशी रहेको उनले बताए । लिगमा आफ्नो टोली प्लेअफसम्म पुग्दैन कि भन्ने चिन्ता समेत रहेको उनले बताए ।

एनपीएल सोमपाल कामी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय