+

बोपारा र तनभिरजस्ता खेलाडीसँग धेरै सिक्न पाइयो : शरद भेषवाकर

२०८१ पुष  ३ गते १६:१५ २०८१ पुष ३ गते १६:१५
बोपारा र तनभिरजस्ता खेलाडीसँग धेरै सिक्न पाइयो : शरद भेषवाकर

३ पुस, काठमाडौं । चितवन राइनोजका अनभुवी खेलाडी शरद भेषवाकारले रवि बोपारा र सोहेल तनभिरजस्ता अनुभवी क्रिकेटरसँग खेल्न पाउँदा धेरै कुरा सिक्न पाएको बताएका छन् ।

जारी नेपाल प्रिमियर लिग (एनपीएल) को बुधबारको खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनले रवि र बोपारा आठ सयदेखि एक हजारसम्म खेल खेलिसकेको स्मरण गरे ।

टिमका सबै खेलाडीको अनुभव जोड्दा रवि र सोहेलको नजिक नपुग्ने उल्लेख गर्दै शरदले उनीहरूले धेरै ज्ञान पनि सिकाउने गरेको बताए । समग्रमा धेरै प्रयास गरे पनि अगाडिको यात्रा सम्भव नभएको उनी बताउँछन् । उनले जहिल्यै पनि ब्याक सिटमा बस्ने कुशलले आफूलाई नेतृत्वमा विकास गरेको देख्दा खुशी लागेको पनि बताए ।

आफ्नै कप्तानीमा फ्रेन्चाइज लिग खेल्दा ट्यालेन्ट हन्टबाट ल्याएको कुशलकै कप्तानीमा खेल्न पाउनु आफ्नो लागि खुशी लागेको उनको भनाइ थियो ।

कहिलेसम्म क्रिकेट खेल्ने अहिले नै भन्ने नसके पनि अवसर पाएसम्म क्रिकेट खेल्ने उनको भनाइ छ । आफूसँगै खेलेका सहकर्मी व्यवस्थापन र प्रशिक्षणमा राम्रो गरिरहँदा आफूलाई खुशी लागेको उनको भनाइ छ

कप्तान भएपछि उसमाथि धेरै जिम्मेवारी हुने र त्यसमा कुशलले धेरै पक्षमा आफूलाई विकास गरेको उनको भनाइ छ । ब्रायन लाराजस्ता क्रिकेटर नेपाल आउनु र उनीहरूले नेपालको क्रिकेट प्रमोट गर्नु राम्रो र सु:खद पक्ष रहेको उनी बताउँछन् ।

एनपीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय