+
+

विदेश पठाउने भन्दै २२ लाख ठगेको आरोपमा २ जना पक्राउ

पक्राउ पर्नेहरुमा धनुषाको गणेशमान चारधाम नगरपालिका–४ घर भएका ३८ वर्षीय राजकुमार चौधरी, धनुषाकै मटिहानी नगरपालिका–९ घर भएका ३९ वर्षीय रुपेश कुमार चौधरी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ३ गते १६:५९

३ पुस, काठमाडौं। विदेश पठाउने भन्दै २२ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा धनुषाको गणेशमान चारधाम नगरपालिका–४ घर भएका ३८ वर्षीय राजकुमार चौधरी, धनुषाकै मटिहानी नगरपालिका–९ घर भएका ३९ वर्षीय रुपेश कुमार चौधरी छन् ।

उनलाई क्रमश काँडाघारी र टेकुबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले बताए ।

बेरोजगार युवायुवतीलाई विदेश पठाउने भन्दै रकम उठाएर ठगी गरेको आरोप उनीहरुमाथि छ ।

राजुले २ जनाबाट ६ लाख ३० हजार र रुपेशले १ जनाबाट १६ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको छ ।

पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?