+
+

काठमाडौंको बत्तिसपुतलीबाट ३६ लाखसहित ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ३ गते १८:१०

३ पुस, काठमाडौं । काठमाडौंको बत्तिसपुतलीबाट ३६ लाखसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्रोत नखुलेको रकमसहित बुधबार साँझ चार जनालाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उनीहरू हुण्डी कारोबारी रहेको आशंका प्रहरीले गरेको छ ।

पक्राउ परेकाहरुको विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन । केही समयमा विवरण सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । यसअघि सिनामंगलबाट ६८ लाखसहित चारै जनालाई प्रहरी वृत्त गौशालाको टोलीले पक्राउ गरेको थियो ।

जसमा राजकुमार माली, प्रवेश कुमार पौडेल, युवराज सुवेदी र एक किशोर पक्राउ परेका थिए । प्रदेश ३–०१–०२२ च १०७२ नम्बरको कारमा सवार रकम बोकेर हिँडेको अवस्थामा उनीहरू पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?