+
+

जथाभावी फोहोर फालेको भन्दै क्लिनिकलाई महानगरले गरायो ५० हजार जरिबाना

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ३ गते १९:११

३ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले थप एउटा स्वास्थ्य संस्थालाई जरिवाना गराएको छ । महानगरको एक नम्बर वडामा रहेको आवरण स्किन क्लिनिकलाई अस्पतालजन्य फोहोर जथाभावी फालेको भन्दै ५० हजार जरिबाना गरेको हो ।

आजै काठमाडौं महानगरपालिकाले ३ नम्बर वडाको धुम्वराहि क्षेत्रमा रहेको एसियन रेज मेडिकेयर सेन्टरले अस्पतालजन्य फोहोर फ्याकेको भन्दै ५० हजार कारबाही गरेको थियो ।

पछिल्लो समय काठमाडौं महानगरपालिकाले जथाभावी फोहोर फाल्ने, खुल्ला ठाउँमा आगो बाल्ने, सडकका भित्ता तथा, पोलमा पोष्टर टाँस्ने, निर्माण सामाग्री जथभावी राख्नेलाई ठाउँको ठाउँ कारबाही गर्ने आक्रामक नीति लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?