+
+

कुलेखानी–सिस्नेरी-छैमले–दक्षिणकाली सडक ११ पुससम्म बन्द

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ३ गते १५:१३

३ पुस, काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने कुलेखानी–सिस्नेरी-छैमले–दक्षिणकाली सडक ११ पुससम्म बन्द हुने भएको छ ।

सो सडक अन्तर्गत दक्षिणकाली-छैमले खण्डमा कालोपत्र गर्ने काम भइरहेको भन्दै २ पुसदेखि ११ पुससम्म वैकल्पिक सडक प्रयोग गर्न दक्षिणकाली नगरपालिकाले अनुरोध गरेको छ ।

यसअघि १३-२९ मंसिरसम्म यस सडक खण्डमा सवारी आगमन गरी सडक कालोपत्र गर्ने काम भएको थियो । तर काम सम्पन्न नभएको भन्दै पुनः ११ पुससम्म सवारी आगमन रोकेर कालोपत्र गर्न लागिएको नगरपालिकाले जारी गरेको सूचनामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?