+
+

ललितपुर महानगर प्रमुखसँग इजरायलका राजदूतले गरे भेट

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ३ गते १९:१४

३ पुस, काठमाडौं। ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनसँग इजरायलका राजदूत श्मुलिक एरी बासले भेट गरेका छन् ।

बुधबार पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालयमा राजदूत बासले महानगर प्रमुख महर्जनसँग भेटवार्ता गरेका हुन् ।

भेटमा महानगरपालकिा प्रमुख चिरीबाबु महर्जनले सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षणलगायतका क्षेत्रमा महानगरले गरेका असल अभ्यासका बारेमा जानकारी गराएका थिए ।

यस्तै नगर प्रमुख महर्जनले महानगरले अन्तराष्ट्रिय स्तरमा कोरियाको चेअरवान सहरसँग भगिनी सम्बन्ध कायम गरेको जानकारी गराउँदै कृषि, पर्यटनलगायतका क्षेत्रमा सहयोग आदान पेरदान गर्नेबारे सुनाएका थिए ।

जवाफमा इजरायलका राजदूत श्मुलिक एरी बासले ललितपुर महानगरपालिकाको विकास र समृद्धिका लागि इजरायलले सहयोग र सहकार्य गर्ने प्रतिवद्धता व्‍यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?