+
+

नेपाली सडकमैत्री यामाहाको ‘रे जेड आर हाइब्रिड’

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ४ गते ९:०१

४ पुस, काठमाडौं । यामाहाको १ सय २५ सीसी क्षमतायुक्त इन्जिन जडित ‘रे जेडआर १२५’ हाइब्रिड भेरिएन्ट स्कुटर पछिल्लो समय नेपाली सडकमा बाक्लै देखिन थालेको छ ।

उत्कृष्ट लुक्स, पर्फर्मेन्स र विशेषतायुक्त यो स्कुटर नेपाली सडक सुहाउँदो रहेको यामाहाका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले जनाएको छ ।

भक्तपुर कौशलटारस्थित ब्लु स्क्वायर शोरुम सञ्चालक उत्तम बासुकलाका अनुसार नेपाली राइडरको रोजाइमा परेको यामाहाको रे जेडआर हाइब्रिडको आकर्षक विशेषताले चर्चित छ ।

बासुकलाका अनुसार रे जेडआरमा चार हाइब्रिड भेरिएन्ट उपलब्ध छन् । रे जेडआर हाइब्रिड एउटा ड्रम र अर्को डिस्कमा आउँछ । यसमा हाइब्रिड प्रिमियम र हाइब्रिड प्रिमियम प्लस भेरिएन्टको विकल्प पनि छ ।

यो स्कुटरको व्यावहारिक र वैज्ञानिक बनोट नै सबैको ध्यान तान्न सक्ने खालको छ । रे जेडआरमा एलईडी हेडलाइट छ । यो कलर रिममा उपलब्ध छ । यसको ह्विल बेसमा रिम हुन्छन् । पास स्विच पनि यसमा छ । मल्टिफङ्सनल ‘की’ पनि छ ।

उत्कृष्ट ढंगको एलईडी फ्ल्यास पनि छ । जसले स्कुटीलाई प्रिमियम लुक्स दिन सघाएको छ । यसमा पूरै डिजिटल डिस्प्ले छ । यहाँबाट ट्रिप लगायत विवरण पनि हेर्न सकिन्छ ।

यस्ता छन् मुख्य विशेषता

रे जेडआर हाइब्रिडमा फुट म्याट, फुट रेस्ट, अगाडि र पछाडि दुवैतिर एलईडी फ्ल्यासर छ । यसमा सिट स्टोरेज २१ लिटरको छ । यसले यात्रामा थप सामान लिएर हिँड्न तनाव हुँदैन ।

यो स्कुटरमा चार्जिङ पोर्टल पनि छ । जसले मोबाइल फोन चार्ज गर्न प्रयोगकर्तालाई सहज सुविधा दिन्छ । सिट मुनिबाटै फोन, क्यामरा चार्ज गर्न सकिन्छ ।

त्यस्तै यसको ग्राउन्ड क्लियरेन्स १ सय ४५ मिलिमिटर छ । जसले खाल्डाखुल्डी भएको सडकमा पनि यात्रा सहज बनाउँछ । यसको फ्युल ट्यांक भने ५.२ लिटरको छ । फुल ट्यांक इन्धन भरेपछि सिटी राइडका लागि एक सातासम्म मजाले कुदाउन सकिन्छ ।

रे जेडआर हाइब्रिडमा स्र्माट मोटर जेनेरेटर (एसएमजी) पनि छ । जसले स्टार्ट गर्दा कम आवाज आउने, साइलेन्ट हुने हुन्छ । त्यो फिचर यसमा छ ।

युनिफाइड ब्रेकिङ सिस्टम

सुरक्षाका हिसावले पनि यो स्कुटी अब्बल छ । यसमा युनिफाइड ब्रेकिङ सिस्टम छ । यसको विशेषता भनेको एउटा ब्रेक हान्दा अर्को बे्रक केही हदसम्म लाग्ने गर्छ । यो बाइकको उत्कृष्ट सुरक्षा फिचर हो ।

यसमा साइड अफ कट अन स्विच पनि छ । यसले स्ट्यान्ड लाग्दा स्टार्ट हुँदैन । रे जेडआर स्कुटरमा स्टार्ट एन्ड स्टप सिस्टम छ । यसले ५ सेकेन्डसम्म ट्राफिक जाम हुँदा, फ्युल पम्पमा रोकिँदा अटोमिटक अफ हुन्छ, तर फेरि स्टार्ट गर्न चाबी घुमाइरहनु पर्दैन, ब्रेक लगाएर एक्सिलिरेटर थिच्दा हुन्छ । यसले ४० प्रतिशत माइलेजमा सहयोग गर्छ ।

यो स्कुटरमा शक्तिशाली एयर कुल्ड इन्जिन प्रयोग भएको छ । १ सय २५ सीसीको यो स्कुटरमा दुई वटा भल्ब भएको फोल्ड इन्जिन हुन्छ । यसको हर्स पावर ८.२ पीएस छ भने यसले ९.७ एनएम पावर टर्क जेनेरेट गर्छ ।

यसको माइलेज स्कुटरहरूमध्ये उत्कृष्ट नै हो । यसले सहरी भेगमा प्रतिलिटर पेट्रोल ५८ किलोमिटर माइलेज दिन्छ । रे जेडआर अहिले चार रङमा उपलब्ध छ । रे जेडआर हाइब्रिड प्रिमियम र प्रिमियम प्लस नेभी ब्लु र पहेँलो गरी दुई रङमा उपलब्ध छ । डिस्क भेरिएन्ट र ड्रम्प भेरिएन्ट भने कालो, रातो र निलो रङको विकल्पमा छ ।

मूल्य कति ?

शोरुम सञ्चालक बासुकलाका अनुसार रे जेड आर हाइब्रिडको मूल्य २ लाख ७९ हजार ९ सयदेखि ३ लाख १५ हजार ९ सय रुपैयाँसम्म तोकिएको छ ।

कम्पनीले बिक्रीपछि पाँच वटा निःशुल्क सर्भिसिङ सुविधा दिएको छ । इन्जिनमा दुई वर्ष र ब्याट्रीमा एक वर्षको वारेन्टी पनि छ । सर्भिसङसँगै फाइनान्सको सुविधा पनि रहेको कम्पनीले जनाएको छ ।

भिडियो/फोटो : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?