+
+

सर्वोत्तम सिमेन्टले लाभांश दिने, कति पाइन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ४ गते १२:०९

४ पुस, काठमाडौं । सर्वोत्तम सिमेनट लिमिटेडले १० प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको ३ पुसमा बसेको २२९औं बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि बोनस सेयर र नगद लाभांश गरी उक्त परिमाण बराबर लाभांश घोषणा गरेको हो ।

कम्पनीका अनुसार गत सर्वोत्तमको चुक्ता पुँजी ४ अर्ब ६५ करोडको ७ प्रतिशतका दरले हुन आउने ३२ करोड ५५ लाख रुपैयाँ बराबर बोनस सेयर दिइने छ ।

त्यसैगरी चुक्ता पुँजीको ३ प्रतिशतका दरले हुन आउने १३ करोड ९५ लाख रुपैयाँ बराबर करसहित नगद लाभांश वितरण गरिने छ ।

कम्पनीको छैटौं वार्षिक साधारसभा २६ पुसमा भैरहवामा हुनेछ भने १२ पुस एकदिन सेयरधनी दर्ता किताब बन्द गरिने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?