+
+

मदन भण्डारी विश्वविद्यालयले भन्यो : थानकोट–चित्लाङ सडक बन्द गरे शैक्षिक क्यालेन्डर प्रभावित हुन्छ

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले थानकोट–चित्लाङ सडक बन्द गर्न लागेकोप्रति चासो देखाएको छ । सरोकारवाला पक्षसँग गहन परामर्श नगरी सडक बन्द गर्न लागेको प्रति विश्वविद्यालयका अध्यक्ष प्रा.राजेन्द्रध्वज जोशीले आपत्ति जनाएका छन् । सडक बन्द गर्दा शैक्षिक तालिका (क्यालेन्डर) प्रभावित हुने र कार्यान्वयन हुन नसक्ने विश्विद्यालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ४ गते १२:४०

४ पुस, काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले थानकोट–चित्लाङ सडक बन्द गर्न लागेकोप्रति चासो देखाएको छ । सरोकारवाला पक्षसँग गहन परामर्श नगरी सडक बन्द गर्न लागेको प्रति विश्वविद्यालयका अध्यक्ष प्रा.राजेन्द्रध्वज जोशीले आपत्ति जनाएका छन् ।

सडक बन्द गर्दा शैक्षिक तालिका (क्यालेन्डर) प्रभावित हुने र कार्यान्वयन हुन नसक्ने विश्विद्यालयले जनाएको छ ।

‘उच्च शिक्षाका लागि ठूलो संख्यामा विद्यार्थी बाहिरिनुका कारण मध्ये एउटा प्रमुख कारण विश्वविद्यालयले शैक्षिक तालिका पूर्ण रूपमा कार्यान्वयन गर्न नसक्नु रहेको छ,’ विश्वविद्यालयले प्रकाशित गरेको विज्ञप्तिमा छ ।

सडक सुधार कार्यका लागि चित्लाङ सडक बन्द गर्न सरोकार पक्षसँग परामर्शका लागि बुधबार सडक डिभिजन, मीनभवनमा छलफल गरिएको थियो । परामर्श बैठक प्रतिनिधिमूलक नभएको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयका प्रतिनिधिले काठमाडौं सडक डिभिजन, काठमाडौं जिल्ला प्रशासन कार्यालय, चन्द्रागिरि नगरपालिका, थाहा नगरपालिकामा सम्पर्क गरी सडक बन्द भए विश्वविद्यालय सञ्चालन हुन नसक्ने जानकारी गराएका थिए ।

‘सडक बन्द गर्ने जस्तो संवेदनशील विषयमा सडक बन्द गर्दा पर्ने प्रभाव र वैकल्पिक उपायको समेत गहन विश्लेषणविना विश्वविद्यालयको असहमतिका बाबजुद सडक बन्द गर्न सिफारिस गर्ने निर्णय बैठकबाट गराइयो । बैठकको प्रकृति हेर्दा रित पुर्‍याउन मात्र बैठक आयोजना गरिएको स्पष्ट देखिन्थ्यो,’ विज्ञप्तिमा छ ।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय मकवानपुरको चित्लाङमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?