
४ पुस, काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले ६.३५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
फाइनान्स सञ्चालक समितिको ३ पुसमा बसेको २८८औं बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीलाई चुक्ता पुँजी एक अर्ब ३५ करोड १५ लाख ५२ हजार ८ सय ४८ को ६.३५ प्रतिशतले हुन आउने ८ करोड ५८ लाख २३ हजार ६०५ रुपैयाँ बराबर नगद लाभांश (करसमेत) घोषणा गरेको हो ।
त्यसैगरी फाइनान्सको १७औं वार्षिक साधारणसभा २८ पुसमा हुने र ११ पुस एकदिन सेयरधनी दर्ता किताब बन्द रहने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4