+

सिंहदरबार वैद्यखानामा स्वास्थ्यमन्त्री : ‘तलब खुवाउन मन्त्रालयको मुख नताक्नुहोस्’

२०८१ पुष  ४ गते १३:१३ २०८१ पुष ४ गते १३:१३
सिंहदरबार वैद्यखानामा स्वास्थ्यमन्त्री : ‘तलब खुवाउन मन्त्रालयको मुख नताक्नुहोस्’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादनको अवस्थाबारे अनुगमन गरेका छन् ।

मन्त्री पौडेलले वैद्यखाना सुधारका लागि विशेष चासो दिंदै आएका छन् । सोहीअनुरुप विकास समितिमा नयाँ नेतृत्वलाई जिम्मेवारी दिएका मन्त्री पौडेलले सोचेजस्तो उत्पादन वृद्धि नभएपछि स्थलगत अनुगमन गरेका हुन् ।

मन्त्रालयका उच्च अधिकारीसहित अनुगमनमा गएका मन्त्री पौडेलले वैद्यखानाको काम कारबाहीबारे जानकारी लिंदै आमरुपमा सुनिएका गुनासा समाधान गर्न समेत कर्मचारीको ध्यानाकर्षण गराए । पर्याप्त औषधि उत्पादन नभएकोबारे गुनासो सुनेपछि मन्त्री पौडेलले उत्पादन बढाउन हरसम्भव उपाय लगाउन आग्रह गरे ।

‘बजारमा जति औषधि उत्पादन भए पनि वैद्यखानाको औषधि बिक्री हुनेरहेछ’ उनले भने, ‘तपाईंहरुले उत्पादन बढाउने काममा देखिने गरी परिवर्तन ल्याउनुपर्छ ।’

कर्मचारीहरुले स्रोत अभाव भएको गुनासो गरेपछि मन्त्री पौडेलले केही समयअघि पनि वैद्यखानाका लागि बजेट गएको प्रसंग सुनाए । सार्वजनिक संस्थानहरुलाई पुँजीगत सहयोग गर्न सकिने तर तलब खुवाउनका लागि सरकारले रकम दिन नसक्ने उनले प्रष्ट पारे ।

‘तपाईंहरुको पुँजीगत क्षमता विकासका लागि के चाहिन्छ भन्नुस्, हामी सघाउँछौं’ मन्त्री पौडेलले भने, ‘तर उत्पादन नबढाउने अनि सरकारसँग पैसा मागेर तलब र उपदान दिन सकिन्न ।’

मन्त्री पौडेलले बजारमा सिंहदरबार वैद्यखानाको औषधि किन्न खोज्दा समेत नपाइने अवस्था आएको भन्दै पर्याप्त कच्चा पदार्थ उपलब्ध नगराउने ठेकेदारलाई कालोसूचीमा राखेर नयाँ विकल्प खोज्न निर्देशन समेत दिए ।

उनले तीन दिनभित्र समस्या समाधान गरी उत्पादन बढाउने योजना ल्याउन पदाधिकारीलाई आग्रह गर्दै भने, ‘उत्पादन बढाउने योजनामा बजेट अभाव हुन दिन्नौं ।’

प्रदीप पाैडेल सिंहदरबार वैद्यखाना

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

यौन सम्बन्ध राख्ने बित्तिकै सुतेमा गर्भधारण छिटो हुन्छ ?

यौन सम्बन्ध राख्ने बित्तिकै सुतेमा गर्भधारण छिटो हुन्छ ?

सिंहदरबार वैद्यखानामा स्वास्थ्यमन्त्री : ‘तलब खुवाउन मन्त्रालयको मुख नताक्नुहोस्’

सिंहदरबार वैद्यखानामा स्वास्थ्यमन्त्री : ‘तलब खुवाउन मन्त्रालयको मुख नताक्नुहोस्’

खाना र मुडबीच कस्तो सम्बन्ध हुन्छ ?

खाना र मुडबीच कस्तो सम्बन्ध हुन्छ ?

स्वस्थ भनिएका यी खानेकुरा कति स्वस्थ ?

स्वस्थ भनिएका यी खानेकुरा कति स्वस्थ ?

जाडोयाममा मानसिक स्वास्थ्य ख्याल राख्ने ९ उपाय

जाडोयाममा मानसिक स्वास्थ्य ख्याल राख्ने ९ उपाय

जाडोमा पटक-पटक पिसाब किन आउँछ ?

जाडोमा पटक-पटक पिसाब किन आउँछ ?