
काठमाडौं । सन् २०२४ सेलेब्रिटीको रेडकार्पेट फेसनले पनि चर्चामा रह्यो । केही हलिउड स्टारले फेसन मेला होस् या फिल्म प्रिमियर समारोहमा फेसनको जादू छरे ।
फेसनको यो चम्किलो दृश्यले विश्वमा फेसनको कस्तो शैली चल्दैछ भन्ने पनि दर्शाउँछ । एउटा गाउनले सांस्कृतिक र फेसनको प्रवृत्तिलाई प्रस्तुत गर्छ । नाम चलेको स्टार पहिरन लगाएर रेडकार्पेटमा प्रस्तुत हुन्छन्, यसले विश्व मिडियाको ध्यान खिच्छ ।
यस वर्षको मेटगाला होस् या कान्स फिल्म फेस्टिभल, अस्कर होस् र ग्रामी, चर्चित कलाकारले लगाएको पहिरन वर्ष २०२४ मा सधैं चर्चामा रह्यो । ‘द गार्डेन अफ टाइम’ थिममा आयोजित मेटगालामा जेन्डाया, ब्याड बनी र जेनिफर लोपेजले लगाएका पहिरनले प्रस्तुत थिमलाई अझै सान्दर्भिक तुल्यायो ।
फेसन म्यागेजिन भगले यस वर्षका केही सेलेब्रिटी फेसनलाई छनोट गरेको छ जुन वर्षभरि चर्चामा रहे । रनवेमा सबरिना कार्पेन्टर, केटी पेरी र इभा लंगोरियाजस्ता स्टारले यस वर्षको रंगमञ्चलाई उज्यालो बनाए । फिल्मको कुरा गर्दा भेनिस फिल्म फेस्टिभलमा अमल क्लुनीजस्ता स्टारले इटालियन शैलीको डिजाइन प्रस्तुत गरे ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले छनोट गरेका शीर्ष १० सेलेब्रिटी फेसन, जुन यस वर्ष हेडलाइन बने ।
तस्वीरहरु
प्रतिक्रिया 4