+
+

जनकपुरलाई फाइनल पुग्न ११९ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ४ गते १४:०७

४ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा पुग्नका लागि जनकपुर बोल्ट्सले ११९ रनको लक्ष्य पाएको छ ।

क्वालिफायर टु मा कर्णाली याक्सल पहिले ब्याटिङ गर्दै ९ विकेट गुमाएर ११८ रन बनाएपछि जनकपुरले मध्यम लक्ष्य पाएको हो ।

कर्णालीका लागि गुल्सन झाले २५ र देव खनालले २४ रन बनाए । अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बलिङमा जनकपुरका ललित राजवंशी, मोहम्मद मोहसिन र जिमी नीशमले २(२ विकेट लिए । हर्श थाकर र शेर मल्लले समान १ विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?