+
+

राज्य व्यवस्था समितिमा लेखा समितिका सभापतिको आलोचना

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ४ गते १४:२०

४ पुस, काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले बैठक नराखेको भनेर सार्वजनिक लेखा समितिका सभापतिको आलोचना गरेका छन् ।

सिंह लेखा समिति सदस्य हुन् । संघीय निजामती सम्बन्धि विधेयकमाथिको छलफलमा संशोधनकर्ताको हैसियतमा छलफलमा सहभागी भएका सांसद सिंहले लेखा समिति सभापतिले बैठक नराखेको भनेर आलोचना गरेका हुन् ।

‘लेखा समितिको बैठक बसेको छ ? छैन’, उनले भने, ‘कुलमान हटाउन खोज्यो सकेन । त्यसपछि समितिको बैठक नै बसेन ।’

कुलमानलाई नेपाल विद्युत् प्राधिकरणबाट हटाउन लेखा समितिले प्रहरीलाई कारबाही गर्न र अख्तियारलाई अनुसन्धान गर्न निर्देशन दिन खोजेको तर नसकेपछि समितिको बैठक नै बस्न नसकेको उनले बताए ।

‘तीन दिन अगाडि नै निर्णय दिइएको थियो हामीलाई । प्रहरीलाई कारबाही गर्न र अख्तियरलाई अनुसन्धान गर्न निर्देशन दिने निर्णय तीन दिन अगावै दिदा समेत हामीले मानेनौं र निर्णय हुन सकेन । त्यसपछि बैठक नै बस्न सकेको छैन’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?