
काठमाडौं । अभिनेता तथा गायक प्रकाश सपुतले डेब्यु निर्देशकीय फिल्म ‘वसन्त’को छायांकन टुंग्याएका छन् । बुधबार राती ठमेलमा इन्डकल्याप छायांकन गरियो ।
बागलुङ, काठमाडौं, वीरगञ्ज, हेटौंडा र पथलैयामा छायांकन गरिएको फिल्म ३८ दिनमा इन्डकल्याप भएको हो । ‘हामीले जे बनाउन खोजेका थियौं । त्यो कलेक्ट गर्न सफल भयौं’ प्रोजेक्ट हेड दील श्रीशले भने, ‘अब पोस्ट-प्रडक्सनको काम पनि सँगै अघि बढ्छ ।’
दर्शकलाई जोड्ने गरि आउँदो महिनादेखि फिल्मको प्रवर्धन सामग्री सार्वजनिक गर्ने फिल्मको तयारी छ । ‘दर्शकसँगक कनेक्ट गर्ने हाम्रो प्लान छ । हामी उत्साहित छौं’ श्रीशले अनलाइनखबरसँग भने ।
प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पल, किरण केसी, खड्गबहादुर पुन (खबपु) लगायतको अभिनय रहेको फिल्मले २०६२/०६३ पछिको नेपाली समाजको बहुआयामिक कथा पेश गर्छ । फिल्मलाई २२ चैतमा प्रदर्शन लक्ष्य छ ।
गलबन्दी प्रडक्सनले निर्माण गरेको फिल्ममा सपुत निर्माता, निर्देशक, अभिनेता र संगीतकारको भूमिकामा छन् ।
प्रतिक्रिया 4