+
+

नन्दिताले दिइन् पहिलो सन्तानलाई जन्म

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ४ गते १६:२५

काठमाडौं । अभिनेत्री नन्दिता केसीले सन्तानलाई जन्म दिएकी छन् । विवाहपछि अमेरिकामा बस्दै आएकी केसीले बुधबार पहिलो सन्तानलाई जन्म दिएकी हुन् ।

उनले सामाजिक संजालबाट आमा बनेको जनाएपछि रेखा थापा, केकी अधिकारी, श्वेता खड्कासहितका कलाकार समेत उनलाई बधाइ दिइरहेका छन् ।

गतवर्ष उनले अमेरिकामा बस्दै आएका अरविन्द कट्वालसँग विवाह गरेकी थिइन् । यसअघि भदौमा बेबी बम्पसहितको फोटो शेयर गर्दै उनले आफू आमा बन्न लागेको बताएकी थिइन् ।

गतवर्ष यी दुईबीच विवाह भएको थियो । फिल्म ‘इन्द्रेणी’बाट फिल्म करिअर थालेकी केसीको पछिल्लो फिल्म ‘जंगबहादुरको कोट’ हो । त्यसयता उनी फिल्ममा फर्किएकी छैनन् । उनले ‘हामी तीन भाई’, ‘बाटो मुनीको फूल’, ‘बसमा छैन यो मन’, ‘त्रिशुल’, ‘मृगतृष्णा’, ‘सपना’, ‘तिमी मात्र तिमी’ लगायतका फिल्म खेलेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?