+
+

पानी भरेर राखेको ड्रममा डुबेर २ वर्षीया बालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ४ गते १६:२४

४ पुस, काठमाडौं । बाराको महागढीमाई नगरपालिका–१ मा पानी भरेर राखेको ड्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

वडा नम्बर १ मा पर्ने बरियापुर टोलमा बस्ने समिर रायकी २ वर्षीया छोरी अलिशा खातुनको बिहीबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

डुबेर अशक्त भएकी उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो । उपचारकै क्रममा उनको निधन भएको र आवश्यक अनुसन्धान पनि भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?