+
+

अस्ट्रेलिया र दुबई पठाउने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

वैदेशिक रोजगारीमा अस्ट्रेलिया र दुबई पठाउने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ४ गते १७:२३

४ पुस, काठमाडौं । वैदेशिक रोजगारीमा अस्ट्रेलिया र दुबई पठाउने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा भक्तपुरको भक्तपुर नगरपालिका–१० कमलविनायक घर भएका ३६ वर्षीय ज्वालाराम मुस्याख्वा र रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ नयाँगाउँका ३७ वर्षीय बुद्धिबहादुर बस्याल छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

मुस्याख्वालाई बागबजारबाट र बस्याललाई सामाखुशीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मुस्याख्वाले वैदेशिक रोजगारीमा अस्ट्रेलिया पठाउँछु भन्दै प्रलोभन देखाएर एक जनाबाट २ लाख ठगेको आरोप छ भने बस्यालले दुबई पठाउछु भन्दै १ लाख ९० हजार ठगी गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?