+

एनपीएल फाइनल अघिसम्म धेरै रन बनाउने र विकेट लिनेमा विदेशी अगाडि

२०८१ पुष  ४ गते १९:१५ २०८१ पुष ४ गते १९:१५

फाइनल पुग्ने सुदूरपश्चिम रोयल्सका स्कट कुगेलेइन १६ विकेटसहित विकेट लिनेमा अघि छन् भने सर्वाधिक रन बनाउने खेलाडी चितवन राइनोजका रवि बोपारा छन् ।

एनपीएल फाइनल अघिसम्म धेरै रन बनाउने र विकेट लिनेमा विदेशी अगाडि

४ पुस, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा ३२ मध्ये ३१ खेल सकिएका छन् ।

फाइनल पुग्ने दुवै टोलीको टुङ्गो लागिसकेको छ । सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच आउने शनिबार फाइनल खेल हुनेछ ।

विजेताले नगद १ करोड ११ लाख पुरस्कार पाउनेछ ।

अहिलेसम्म व्यक्तिगत रुपमा धेरै रन बनाउने र विकेट लिने खेलाडीमा विदेशी खेलाडी अगाडि छन् ।

व्यक्तिगत सर्वाधिक रन बनाउने र विकेट लिने खेलाडीमा भने विदेशी खेलाडीहरु नै अघि छन् ।

फाइनल पुग्ने सुदूरपश्चिम रोयल्सका स्कट कुगेलेइन १६ विकेटसहित विकेट लिनेमा अघि छन् ।

जनकपुर बोल्ट्सका ललित राजवंशीले पनि समान विकेट लिएका छन् । यसैगरी सर्वाधिक रन बनाउने खेलाडी चितवन राइनोजका रवि बोपारा छन् ।

उनले २८६ रन बनाएका छन् । यस्तै लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले २७९ रन बनाएका छन् ।

दुवै खेलाडीका टिम फाइनलमा छैनन् । त्यसैले उनीहरुलाई पछ्याइरहेका जनकपुर बोल्ट्सका जिमी नीशमले उछिन्न सक्छन् । नीशमले २४३ रन बनाएर तेस्रो स्थानमा छन्।

एनपीएल जनकपुर बोल्ट्स रन विकेट सुदूरपश्चिम रोयल्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय