+
+

धापासीको एक घरमा आगलागी (तस्वीरहरू)

आगलागीबाट साढे तीन तलाको घर पूरै जलेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ४ गते १८:३४
तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

४ पुस, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–६ धापासीस्थित भाइकाजी श्रेष्ठको घरमा आगलागी भएको हो ।

आगलागीबाट साढे तीन तलाको घर पूरै जलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साँझ ५ बजेर २३ मिनेटको समयमा घरमा आगलागी भएको हो ।

अहिले दमकल पुगेर निभाउने प्रयास भइरहेको छ । काठमाडौं, ललितपुर, भक्तपुरबाट दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीबारे थप विवरण आउन बाँकी छ ।

 तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?