+
+

पक्राउ परेका वडाध्यक्षको धम्की- मुद्दा फिर्ता नलिए छोराछोरीकै अवस्था हुन्छ

यही घटनामा संलग्न रहेको भन्दै १३ दिनअघि (२१ मंसिर) नवनिर्वाचित वडाध्यक्ष धिरेन्द्र कुमार साह पक्राउ परेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ४ गते १९:४२

४ पुस, सप्तरी । तीन वर्षअघि छोरीको हत्या र छोरा बेपत्ता पार्नेहरूमाथि कारबाही माग गर्दा आफूमाथि नै धम्की आउन थालेको पीडितकी आमाले सहयोगको याचना गरेकी छिन् ।

डाक्नेश्वरी नगरपालिका–१ मा तीन वर्षअघि (१७ साउन २०७९) चन्द्रदेवी साहकी १९ वर्षीया छोरी सन्तोषीको हत्या भएको थियो भने १७ वर्षीय छोरा आशिषलाई बेपत्ता पारिएको थियो ।

यही घटनामा संलग्न रहेको भन्दै १३ दिनअघि (२१ मंसिर) नवनिर्वाचित वडाध्यक्ष धिरेन्द्र कुमार साह पक्राउ परेका थिए । १६ मंसिरको उपनिर्वाचनबाट निर्वाचित साह शपथ ग्रहण समारोहबाटै पक्राउ परेका थिए ।

सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार वडाध्यक्ष साहमाथि अपहरण तथा शरीरबन्धक, जबरजस्तीकरणी, कर्तव्य ज्यान लगायतका मुद्दामा अनुसन्धान भइरहेको छ ।
यसैबीच छोरी गुमाएकी र छोरा बेपत्ता भएकी आमाले दोषीमाथि कारबाही माग गर्दै ज्यान मार्ने धम्की आउन थालेको हो ।

धम्की आउन थालेपछि बिहीबार राजविराज पुगेर उनले सुरक्षित बस्ने वातावरण मिलाउन सञ्चारकर्मीलाई भेटेर याचना गरेका हुन् ।

‘पक्राउ परेका साह र अन्य फरार प्रतिवादीका आफन्तबाट दिनहुँजसो मुद्दा फिर्ता नलिए ज्यानै लिनेसम्मका धम्की आउन थालेको छ,’ आमा चन्द्रदेवीले रुँदै भनिन्, ‘प्रतिवादी आफन्तहरू खेतमा, बजारमा र घरमा जहाँ पनि पुगेर मुद्दा फिर्ता नलिए तेरो अवस्था पनि छोराछोरीको जस्तै पारिदिन्छु भन्दै धम्क्याउन थालेका छन् ।’

चन्द्रदेवीले आफूलाई आएको धम्कीबारे प्रहरी अधिकारीहरूलाई पनि जानकारी गराइसकेकी छिन् । कतैबाट सहयोग नपाए आफू गाउँ छोड्न बाध्य हुने उनको भनाइ छ ।

प्रहरीका अनुसार उक्त घटनाका अन्य आरोपीहरूको खोजी कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?