
काठमाडौं । बालविवाह र महिला हिंसा निरुत्साहनको सन्देश दिने फिल्म ‘जुना’को प्रदर्शन मिति तय भएको छ । निर्देशक जीवन सेन्चुरीले यो फिल्म २५ माघमा देशब्यापी प्रदर्शन हुने जनाए ।
फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपाने, विकास आनन्द, इन्द्र बिके र केशव अधिकारीको अभिनय छ । ‘बाल विवाह सामाजिक अपराध हो’ भन्ने थिमलाई फिल्मले आत्मसात गरेको उनले बताए ।
‘यस फिल्ममार्फत महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबर्जस्ती करणी, छाउपडीजस्ता कुप्रथालाई अन्त्य गर्नुपर्ने सन्देश दिन खोजिएको छ’ निर्देशक सेन्चुरीले भने । सन् २०३० सम्म बाल विवाह अन्त्य गर्ने सरकारी लक्ष्यलाई फिल्मले सघाउने उनले बताए ।
पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको फिल्ममा दीपकप्रसाद घिमिरेको लगानी छ । फिल्ममा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको छायांकन छ ।
प्रतिक्रिया 4