+
+

सात वटा दमकलको सहयोगमा धापासीको आगलागी नियन्त्रण (तस्वीर/भिडियो)

सात वटा दमकलसहित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले दुई घन्टा बढी लगाएर आगो नियन्त्रणमा लिएका हुन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८१ पुष ४ गते १९:४४

४ पुस, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–६ धापासीस्थित भाइकाजी श्रेष्ठको घरमा लागेको आगलागी नियन्त्रणमा आएको छ । सात वटा दमकलसहित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले दुई घन्टा बढी लगाएर आगो नियन्त्रणमा लिएका हुन् ।

आगो नियन्त्रणका लागि ८९ जना नेपाल प्रहरी, ६४ जना नेपाली सेना र ४० जना सशस्त्र प्रहरीको टोली खटिएको थियो ।

प्रहरीका अनुसार आगलागीको कारण भएको क्षतिबारे विवरण संकलन भइसकेको छैन ।

आगलागीबाट साढे तीन तलाको घर पूरै जलेको छ । बिहीबार साँझ ५ बजेर २३ मिनेटको समयमा घरमा आगलागी भएको थियो ।

तस्वीरहरू : चन्द्रबहादुर आले

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?