
४ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र वामदेव गौतमबीच भेटवार्ता भएको छ । अध्यक्ष नेपाल बिहीबार साँझ गौतम निवास भैंसेपाटी पुगेर गौतमसँग भेटवार्ता गरेका हुन् ।
उनीहरूबीच साँझ करिब साढे २ घण्टा छलफल भएको अध्यक्ष नेपाल निकट स्रोतले जानकारी दिएको छ ।
उनीहरूबीच पार्टी एकताका विषयमा छलफल भएको उपाध्यक्ष जगन्नाथ खतिवडाले अनलाइनखबरलाई जानकारी दिए ।
‘पार्टी एकताबारे छलफल भएको छ,’ उनले भने, ‘चाँडै एउटा कार्यक्रम आयोजना गरेर दुई पार्टी मर्ज गर्नेबारे छलफल भएको छ ।’
गौतमले ‘नेकपा एकता राष्ट्रिय अभियान’ चलाउँदै आएका छन् । नेपाल र गौतम नेकपा एमालेमा लामो समय सँगै राजनीति गरेका नेता हुन् ।
एकीकृत समाजवादीले गौतमलाई पार्टीमा भित्र्याउनेगरी छलफल अघि बढाएको छ ।
पछिल्लो पटक बसेको स्थायी समिति बैठकमा पनि गौतलाई भित्र्याउने एजेन्डाबारे छलफल भएको थियो । पाटी प्रवेश गर्न गौतम सकारात्मक भएको बताएका थिए ।
गौतमले अनलाइनखबरसँग कुरा गर्दै एकीकृत समाजवादी र नेकपा एमाले जसले चाँडो बोलाउँछ सोही पार्टीमा प्रवेश गर्ने बताएका छन् ।
प्रतिक्रिया 4