+
+

रविको तस्वीरबारे छानबिन गर्न एसएसपीको नेतृत्वमा बन्यो समिति

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ४ गते २१:५९

४ पुस, काठमाडौं । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतमा सुतिरहेको तस्वीरबारे छानबिन गर्न समिति गठन भएको छ ।

गण्डकी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी मुकुन्द मरासिनीको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति गठन भएको हो ।

गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी भोलाबहादुर रावलका अनुसार समितिलाई यथाशक्य चाँडो प्रतिवेदन बुझाउन भनिएको छ ।

‘समिति गठन भएको छ । चाँडो सत्यतथ्य पत्ता लगाएर समितिले प्रतिवेदन दिन्छ,’ डीआईजी रावलले अनलाइनखबरसँग भने ।

रविको तस्वीर सार्वजनिक भएसँगै प्रहरी सुरक्षामै प्रश्न उठेको अधिकारीहरू बताउँछन् ।

कास्की प्रहरी स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीमा ६ वटा हिरासत कक्ष छन् । ती हिरासत कक्षमा करिब २० वटा सीसीक्यामेरा जडान गरिएको छ । रविलाई भने कास्की प्रहरीको दोस्रो तलाको हिरासत कक्षमा राखिएको छ ।

फोटो खिच्नेलाई विद्युतीय अपराधको कसुरमा कारबाही गर्ने प्रहरीको तयारी छ । यदि भुसालले भनेजस्तै उनैले यो फोटो खिचेर बाहिर ल्याएको पुष्टि भएमा उनी साइबर कसुरमा पक्राउ पर्न सक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?