पुस ४, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा एन्फा यू-१६ युथ लिग यही पुस १२ गतेदेखि हुने भएको छ । एन्फाले बिहीबार लिगको खेलतालिका सार्वजनिक गरेको छ ।
पुस १२ गते हुने उद्घाटन खेलमा चर्च ब्वाइज युनाइटेड र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल मध्यान्न १२ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुनेछ ।
यस्तै पुस १२ गते नै हिमालयन शेर्पा क्लबले साविक विजेता मच्छिन्द्र फुटबल क्लबको सामना गर्नेछ । हिमालयन शेर्पाले पहिलो पटक यू-१६ युथ लिग खेल्न लागेको हो ।
एन्फाले सार्वजनिक गरेको खेलतालिका अनुसार यू-१६ युथ लिगमा ११ क्लबले प्रतिस्पर्धा गर्नेछन् । एन्फाले पहिलो चरणको मात्र खेलतालिका सार्वजनिक गरेको छ ।
पुस १४ गते सातदोबाटो युथ क्लब र प्रेण्ड्स क्लब तथा पुस १५ गते दुई विभागीय टोली त्रिभुवन आर्मी एफसी र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । पुस १७ गते थ्रीस्टार र एपीएफ तथा एफसी खुमलटार र संकटा क्लबबीच खेल हुनेछ ।
प्रतिक्रिया 4