+
+

चितवनमा पत्रकारमाथि आक्रमण भएको घटनामा एक जना पक्राउ

चितवनमा पत्रकारमाथि आक्रमण भएको घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ५ गते १२:३४

५ पुस, काठमाडौं । चितवनमा पत्रकारमाथि आक्रमण भएको घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भरतपुरकै दीपक सेडाईं छन् । उनलाई बिहीबार राति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले अनलाइनखबरलाई बताए ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट रहेका बताइएको छ ।

सहकारीको रकम ठगी प्रकरणमा बयानका लागि रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई १८ मंसिरका चितवन लगिएको थियो ।

सो क्रममा चितवनमा उनका समर्थकहरुले प्रदर्शन गरेका थिए । त्यतिबेला रिपोर्टिङमा खटिएका पत्रकार सन्तोष देउजामाथि आक्रमण भएको थियो । देउजा कपुरबोट मिडियाका सञ्चालक समेत हुन् ।

घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी जारी रहेको डीएसपी रिजालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?