+
+

एकीकृत समाजवादीमा बामदेवलाई तेस्रो वरीयता दिनेबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ५ गते १२:४०

५ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीमा नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक बामदेव गौतमलाई तेस्रो वरीयतामा राख्नेबारे छलफल भएको छ ।

बिहीबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल गौतमलाई भेट्न उनकै निवासमा पुगेका थिए । त्यसक्रममा अध्यक्ष नेपालले गौतमलाई पार्टीमा भएको छलफल सुनाएका थिए ।

२०७८ भदौ १८ गते गौतमले नेकपा एमाले परित्याग गरेका थिए । त्यसबेला गौतम एमालेको उपाध्यक्ष थिए । त्यसपछि नेकपा एकता राष्ट्रिय अभियान गठन गरी त्यसको संयोजकको भूमिकामा रहँदै आएका छन् । गौैैतम हाल राष्ट्रिय सभा सदस्य छन् ।

हालै सम्पन्न एकीकृत समाजवादीको स्थायी समिति बैठकले पनि गौतमलाई पार्टीमा भित्र्याउने निर्णय गरेको थियो । त्यसपछि गौम र एकीकृत समाजवादीमा नेताहरू संवादमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?