
काठमाडौं । अन्ततः हलिउडको लोकप्रिय सुपरहिरो सुपरम्यान फर्कने पक्का भएको छ ।
डीसी स्टुडियोले शुक्रबार फिल्मको ट्रेलर सार्वजनिक गरेको छ । ‘द म्यान अफ स्टिल’ले पृथ्वीमा क्रास-ल्यान्डिङ गरेसँगै ट्रेलर सुरु हुन्छ । त्यसपछि क्रिप्टो नामक शक्तिशाली कुकुरले नायकलाई उद्वार गर्छ ।
जेम्स गनद्वारा लिखित र निर्देशित फिल्ममा सुपरम्यान/क्लार्क केन्टको रूपमा डेभिड कोरेन्सवेट, लोइस लेनको रूपमा रचेल ब्रोस्नाहान र लेक्स लुथरको रूपमा निकोलस होल्टले अभिनय गरेका छन् ।
ट्रेलरभित्र डीसी युनिभर्सका १७ पात्रलाई चित्रण गरिएको छ जसमा सुपरम्यानको कुकुर ‘क्रिप्टो’देखि स्टाग इन्डस्ट्रिज’सम्म छन् । यी सबै पात्रलाई ट्रेलरमा समेटिएको छ । यो फिल्म ११ जुलाइमा विश्वभर प्रदर्शन तयारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4