+
+

लक्ष्मी ग्रुपले मनायो ५१औं वार्षिकोत्सव

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ५ गते १३:५२

काठमाडौ । लक्ष्मी ग्रुपले आफ्नो ५१ औं वार्षिकोत्सव मनाएको छ ।

ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम गर्दै शुक्रबार ५१औं वार्षिकोत्सव मनाएको हो ।

ग्रुपअन्तर्गत हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको सेरेब्रल पल्सी सेन्टरमा ६० जना बढी बालबालिकालाई स्टेसनरी र अन्य सामग्री वितरण गरेको जनाएको छ ।

वार्षिकोत्सवमा ग्रुपले सञ्चालन गरेको रक्तदान कार्यक्रममा १०० भन्दा बढी कर्मचारीले सहभागिता जनाएका थिए ।

हुन्डाईले नक्सालस्थित भाटभटेनी मन्दिर र वरपर सफाइ अभियान समेत सञ्चालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?