
५ पुस, काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले १० प्रतिशत लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको ४ पुसमा बसेको २५१औं बैठकले आर्थिक वर्ष २०८१ असार मसान्तसमा कायम सेयर पूँजीको ९.५०७९ प्रतिशतका दरले हुन आउने १० करोड ५६ लाख ७३ हजार ४ सय २६ रुपैयाँ बराबर बोनस सेयर र त्यसबापत लाग्ने कर प्रयोजनका लागि ०.५००४ प्रतिशतका दरले हुन आउने ५५ लाख ६१ हजार ७ सय ५९ रुपैयाँ सेयरधनीलाई दिने निर्णय भएको छ ।
सञ्चालक समिति बैठकले बैंकको १९औं वार्षिक साधारणसभा २७ पुसमा गर्ने र १६ देखि २७ पुससम्म सेयर दर्ता किताब बन्द रहने निर्णय पनि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4