
५ पुस, काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।
लघुवित्त सञ्चालक समितिको ४ पुसमा बसेको १६४औं बैठकले आर्थिक वर्ष २०८०/८१ मा सेयरधनीलाई चुक्ता पूँजी ९४ करोड ४३ लाख ५१ हजार ६५ को ९.५ प्रतिशतका दरले हुन आउने ८ करोड ९७ लाख १३ हजार ३ सय ५१ रुपैयाँ बराबर बोनस सेयर दिने निर्णय गरेको हो ।
त्यसैगरी बोनस सेयरको कर प्रयोजनार्थ चुक्ता पूँजीको ०.५ प्रतिशत प्रतिशतले हुन आउने ४७ लाख २१ हजार ७ सय ५५ रुपैयाँ बराबर नगद लाभांश दिने निर्णय पनि गरेको छ ।
त्यस्तै सञ्चालक समितले लघुवित्तको अधिकृत पूँजी १ अर्ब २५ करोड पुर्याउने, २९ पुसमा ११औं वार्षिक साधारणसभा गर्ने र ११ पुस एकदिन सेयर दर्ता किताब बन्द गर्ने निर्णय समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4