+
+

नबिल बैंकको कस्टमर केयरमा टोल फ्री नम्बर, बैंकिङ सेवाबारे जानकारी लिन सकिने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ५ गते १४:३५

काठमाडौं । नबिल बैंकले आफ्नो सेवालाई थप सरल र पहुँचयोग्य बनाउन टोल-फ्री नम्बर सञ्चालनमा ल्याएको छ ।

नबिल कस्टमर केयर सेन्टरमा टोल-फ्री नम्बरको एकीकरण गरेको छ । ग्राहकलाई थप सरल, निःशुल्क र पहुँचयोग्य बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले यस्तो सुविधा सुरु गरेको हो ।

नेपाल टेलिकम (एनटीसी) र एनसेल नेटवर्कमार्फत विना कुनै शुल्क बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्ने नबिलले जनाएको छ ।

यस्तो सुविधाको प्रयोग गर्दै खाता विवरण, लेनदेन सोधपुछ, प्राविधिक सहायता र बैंकिङ सेवासँग सम्बन्धित कुनै पनि समस्या समाधानमा सहज पहुँच उपलब्ध हुनेछ ।

बैंकले एनटिसी प्रयोगकर्ताका लागि टोल-फ्री नम्बर १६६००-१६२२४५ र एनसेल प्रयोगकर्ताका लागि १८१०२-१६२२४५ नम्बरमा कल गर्ने सुविधा दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?