+
+

भैरहवामा फेला परेको बम नेपाली सेनाद्वारा निष्क्रिय

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ५ गते १५:१२

५ पुस,बुटवल । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज परिसरमा प्रेसर कुकर बम फेला परेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।

मेडिकल कलेजको मालीले रुख काटिरहेका वेला आज बिहान करिब साढे १०बजेतिर प्रेसर कुक बम देखेका थिए । त्यसपछि स्थानीय प्रशासनलाई जानकारी गराइएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुरज कार्कीका अनुसार बम पुरानो र खिया लागेको अवस्थामा थियो । नेपाली सेनाले त्यसलाई पड्काएर डिस्पोज गरेको कार्कीले बताए ।

बम कसले र कहिले राख्यो भन्ने विषयमा केही नखुलेको र अनुसन्धानको क्रममै रहेको उनले बताए ।

प्रेसर कुकरको ह्याण्डललाई डोरीले बाँधेर त्यसमा घडीको ब्याट्री लगायतका उपकरण जडान गरेर राखिएको थियो ।

ब्यागमा राखेको कुकर बम फेला परेपछि मेडिकल कलेजले जिल्ला प्रशासन कार्यालयलाई उक्त बस्तु हटाउन आग्रह गरेको मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशिल गुरुङले जानकारी दिए ।

बमलाई भैरहवास्थित कालीभक्ति गणको नेपाली सेनाले करिब १ बजे डिस्पोज गरेको थियो । बम डिस्पोजबाट कुनै पनि प्रकारको क्षति नभएको प्रहरी प्रवक्ता कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?