+

यू१६ महिला फुटबल : नेपाल भुटानसँग ५-१ ले पराजित

२०८१ पुष  ५ गते १७:५२ २०८१ पुष ५ गते १७:५२
यू१६ महिला फुटबल : नेपाल भुटानसँग ५-१ ले पराजित

५ पुस, काठमाडौं । यू-१६ मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपाल भुटानसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शुक्रबार भएको खेलमा नेपाल भुटानसँग ५-१ ले पराजित भएको हो ।

पहिलो हाफमा घरेलु टोली नेपाल भुटान सँग ३-० ले पछि परेको थियो भने दोस्रो हाफमा भुटानले दुई गोल गर्दा नेपालले एक गोल गोल फर्काएको थियो ।

भुटानका लागि कुएनदेङ सोनाम सोग्याल र छिरिङ ल्हामोले समान दुई गोल गर्दा एक गोल उग्वेन सोमोले एक गोल गरिन् । नेपालका लागि सविना तामाङले सान्त्वना गोल फर्काइन् ।

कुएनदेनले २५औं मिनेटमा गोल गर्दै भुटानलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि छिरिङले ३६औं र ४०औं मिनेटमा ऊवल गरेपछि भुटानले पहिलो हाफमै तीन गोलको अग्रता नायो । ६६औं मिनेटमा कुएनदेङले व्यक्तिगत दोस्रो गोल गर्दा उग्येनले ८४औं मिनेटमागोल गर्दै भुटानलाई ५-० को अग्रता दिलाइन् । नेपालका लागि सबिनाले ८६औं मिनेटमा एक गोल गरिन् ।

अब नेपाल यू१९ र भुटान यू१९ महिला टिमबीच आइतबार मैत्रीपूर्ण खेल हुनेछ ।

फुटबल महिला फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय