+
+

‘आईएमई पे’ बाट ट्राभल बुकिङ गर्दा १०० प्रतिशत क्यासब्याक

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ५ गते १७:२२

काठमाडौं । ‘आईएमई पे’ ट्राभल बुकिङमा १०० प्रतिशत क्यासब्याक अफर सार्वजनिक गरेको छ ।
क्रिसमस र नयाँ वर्ष २०२५ को अवसरमा ट्राभल बुकिङ गर्दा १०० प्रतिशत क्यासब्याक उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

५ पुसदेखि १७ पुससम्म चल्ने अफर अन्तर्गत सेवाग्राहीले आईएमई पेमार्फत आन्तरिक हवाई टिकट, बस टिकट र केबलकार टिकट खरिदमा दैनिक १०० प्रतिशत क्यासब्याक जित्ने मौका पाउने कम्पनीको भनाइ छ ।

अफर अवधिभरि हरेक दिन आईएमई पेबाट आन्तरिक हवाई टिकट काट्ने १ जना, बस टिकट काट्ने ३ जना र केबलकार टिकट काट्ने १० जना भाग्यशाली सेवाग्राहीले खरिद गरिएको टिकट मूल्यको १०० प्रतिशत क्यासब्याक जित्ने मौका रहेको कम्पनीले जनाएको छ । विजेताहरू दैनिक लक्की ड्र मार्फत छानिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?