+
+

यो साता सेयर बजार ३.१८ प्रतिशत घट्यो, धेरै घट्नेमा व्यापार समूह

यो साता सेयर बजार ३.१८ प्रतिशत घटेको छ । गत साता २६८२.२९ अंकमा रहेको बजार यो साता २५९६.८२ अंकमा झरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ५ गते १७:५१

५ पुस, काठमाडौं । यो साता सेयर बजार ३.१८ प्रतिशत घटेको छ । गत साता २६८२.२९ अंकमा रहेको बजार यो साता २५९६.८२ अंकमा झरेको छ ।

गत साता बजार १.९ प्रतिशत घटेको थियो । पछिल्ला दिनमा बजारमा खरिद पक्ष कमजोर देखिएको छ । यो साता एकदिन बजार बढ्दा तीन दिन घटेको छ ।

पहिलो दिन सोमबार ५१.३७ अंक घट्यो । मंगलबार भने २.९५ अंक बढेको थियो । तर, बुधबार ५.६० र बिहीबार ३१.४३ अंक घटेको थियो ।

बजार घट्दा कारोबार रकम समेत घट्दो देखिन्छ । सोमबार ५ अर्ब ७९ करोडको कारोबार भयो । मंगलबार ४ अर्ब २९ करोड, बुधबार ४ अर्ब २१ करोड र बिहीबार ४ अर्ब ७० करोडको कारोबार भयो ।

यो साता सबै सेक्टरका सूचक घटे । व्यापार समूह सबैभन्दा धेरै २.७३ प्रतिशत घटेको छ । त्यसपछि फाइनान्स सेक्टर २.३१ प्रतिशत घटेको छ । त्यसैगरी लगानी समूह १.९५, हाइड्रोपावर १.५२ र डेभलपमेन्ट बैंक १.२५ प्रतिशत घटेका छन् । बजारका शक्तिशाली सेक्टर बैंकिङ ०.८२ प्रतिशत घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?