५ पुस, काठमाडौं । तार्केश्वर युवा क्लबको आयोजनामा स्युचाटार क्रिकेट लिग यही पुस १२ गतेदेखि हुने भएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहने प्राविधिक संयोजक रविन्द्र गुप्ताले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्लेयर अफ सिरिजलाई १० हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब १३ लाख रुपैयाँ खर्च हुने आयोजक क्लबका अध्यक्ष सन्तोष बुढागथोकीले बताए ।
चार दिनसम्म चल्ने प्रतियोगिताका सम्पूर्ण खेलहरु स्युचाटारमा हुनेछ ।
प्रतिक्रिया 4