+
+

पाल्पामा विस्फोटक पदार्थले माछा मार्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ५ गते १८:१४
घाइते

५ पुस, पाल्पा । पाल्पामा विस्फोटक पदार्थले माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिकामा तिनाउ–२, दोभान बुढासटकका २८ वर्षीय सुरज सोमै रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लका अनुसार स्थानीय मदन सोमैको घर पछाडि आँगनमा सलाईको काँटीबाट माछा मार्नका लागि विस्फोटक पदार्थ बनाउने क्रममा अचानक विस्फोट हुँदा घाइते भएका सोमैको उपचारका क्रममा मृत्यु भएको हो ।

उनलाई उपचारका लागि बुटवल हस्पिटल लगिएको थियो । सोही विस्फोटनमा परी अन्य दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ डिंगरनगरका २१ वर्षीय कोसिस भुजेल र २८ वर्षीय कुशल भुजेल रहेको जिल्ला प्रहरीले जनाएको छ ।

उनीहरूलाई उपचारको लागि बुटवल हस्पिटल पठाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको पाल्पा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?