
५ पुस, काठमाडौं । नेपाल पूर्वाधार पत्रकार समाजमा नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार सम्पन्न संस्थाको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
समाजको अध्यक्षमा अन्नपूर्ण पोष्टकी सुनिता कार्की कोइराला निर्विरोध निर्वाचित भएकी छन् । उपाध्यक्षमा कान्तिपुर दैनिकका विमल खतिवडा, सचिवमा क्लिकमाण्डुका दिनेश खड्का निर्वाचित भएका छन् । यस्तै सहसचिवमा न्यूज एजेन्सी नेपालका प्रशन्न ढुंगाना, कोषाध्यक्षमा अभियान दैनिककी हिमा विश्वकर्मा निर्विरोध चुनिएका छन् ।
सदस्यहरुमा पूर्वाधार वाचका विष्णु रैगाई, प्राइभ टेलिभिजनका आशुतोष अर्याल, क्यापिटल नेपालकी शर्मिला न्यौपाने, नेपाल पूर्वाधारकी धना ढकाल, इक्वटी नेपालका निर्दोष घोरसाइने र नयाँ पत्रिकाका पवन तिमिल्सिना चयन भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4