+
+

लुम्बिनी विकास बैंकले ७ प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ५ गते १८:४४

५ पुस, काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले ७ प्रतिशत लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको ५ पुसमा बसेको ४९०औं बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजी ३ अर्ब ५१ करोड ८१ लाख ३४ हजार १ सय ३७ को ७ प्रतिशतले हुन आउने २४ करोड ६२ लाख ६९ जहार ३ सय ८९ रुपैयाँ बराबर लाभांश घोषणा गरेको हो ।

बैंक सञ्चालक समितिले चुक्ता पूँजीको ४ प्रतिशतका दरले हुन आउने १४ करोड ७ लाख २५ हजार ३ सय ६५ रुपैयाँ बराबर नगद लाभांश र ३ प्रतिशतका दरले हुन आउने १० करोड ५५ लाख ४४ हजार २४ रुपैयाँ बराबर बोनस सेयर दिने निर्णय गरेको हो । नगद लाभांशमा नगद लाभांश र बोनस सेयरमा लाग्ने कर संलग्न छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?