
‘अस्ती भन्दा हिजो धेरै
हिजोभन्दा आज अझै
झनझन झनझन
हावामा हराउँदैछु किन
म त बुझ्दै बुझिन’
काठमाडौं । दीपक शर्माको संगीतमा नयाँ मर्मस्पर्शी गीत ‘अस्ती भन्दा’ युट्युवमा सार्वजनिक भएको छ । सम्राट क्रिएसनको युट्युव च्यानलबाट सार्वजनिक गीतले समयसँगै मान्छे कसरी बदलिन बाध्य हुन्छ भन्ने कुरा भन्छ ।
गीतमा ‘नेपाल आइडल’ सिजन ५का विजेता करण परियारको आवाज र सुमन दाहालका हृदयस्पर्शी शब्द छन् । दाहालकै निर्देशन रहेको भिडियोको सबै छायांकन अमेरिकाको केन्टकी राज्यका विभिन्न रमणीय स्थानमा गरिएको छ ।
भिडियोमा सम्राट दाहालको अभिनय छ । किशोरावस्थाका सम्राटले अभिनय करिअरलाई अघि बढाउने छनक दिएका छन् । उनले यसअघि पनि केही सांगीतिक भिडियोमा अभिनय गरेका छन् । पवन गौतम र चाल्र्स मोरल्याण्ड तृतीयले भिडियो छायांकन गरेका हुन् ।
हेर्नूस गीत :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4