+
+
WC Series
सुदूरपश्चिम रोएल्स
0/0
VS
जनकपुर बोल्ट्स
0/0

स्वास्थ्य मन्त्रालयले भन्यो- मंकीपक्सबाट बच्न सावधानी अपनाउनू

संक्रमण पुष्टि भएका वा शंकास्पद व्यक्ति र पशुसँग असुरक्षित सम्पर्कमा नजान मन्त्रालयले सचेत गराएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ६ गते ८:३७

६ पुस, काठमाडौं । नेपालमा मंकिपक्स पुष्टि भएपछि सरकारले सतर्कता अपनाउन सचेत गराएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै आवश्यक सावधानी अपनाउन भनेको हो ।

बिहीबार साउदीबाट फर्किएका एक युवालाई जाँच गर्दा शुक्रबार पंकीपक्स पोजेटिभ देखिएको थियो ।

संक्रमण पुष्टि भएका वा शंकास्पद व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजान मन्त्रालयले सचेत गराएको छ ।

मन्त्रालयले मंकीपक्ससँग मिल्दो लक्षण भेटिए अस्पताल गएर चिकित्सकको सल्ला लिने र मन्त्रालयको हेलो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गरी परामर्श लिन सूचित गरेको छ ।

साथै, यसको निदानका लागि हरेक प्रदेशमा अस्पतालबाट तोकसकेकोले त्यहाँ सम्पर्क गरी परामर्श लिन मन्त्रालयको विज्ञप्तिमा उल्लेछ ।

मंकीपक्सबाट बच्न के गर्ने ?

– संक्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेशनमा राख्ने

– संक्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्णरुपमा जनस्वास्थ्य मापदण्डहरू पालना गर्ने

– घाउसँग प्रत्यक्ष सम्पर्क हुने जोखिम भए पन्जा लगाउने

– नियमित रुपमा साबुनपानीले हात धुने वा स्यानीटाइजरको प्रयोग गर्ने

– संक्रमित व्यक्तिका लुगा तथा सामानहरू तातो पानी साबुन र डिटर्जेन्टले धुने

– मंकीपक्सको पुष्टि भइ मरेका जनावरको सम्पर्कमा नजाने

– संक्रमितको सम्पर्कमा आएका व्यक्तिले परीक्षण गर्ने

– संक्रमितको सम्पर्कमा आएको सतह, स्थान वा कोठा डिटर्जेन्टले निसंक्रमण गर्ने

– मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने

– फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्ने कार्य गर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?