+
+
WC Series
सुदूरपश्चिम रोएल्स
184/9 (20)
VS
जनकपुरले १८५ रनको लक्ष्य पाएको छ ।
जनकपुर बोल्ट्स
0/0

एनपीएल उपाधि भिडन्त हेर्न टीयू ग्राउन्डमा दर्शक खचाखच (तस्वीरहरु)

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ६ गते १२:२३

६ पुस, काठमाडौं । टीयू क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को आज फाइनल खेल हुँदैछ । फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस्‌ भिड्दैछन् ।

फाइनल खेल हेर्न बिहानैदेखि टीयू क्रिकेट मैदानमा दर्शक भरिभराउ छन् । दुवैतर्फका टिम समर्थक आआफ्ना टिमको समर्थनमा प्लेकार्ड सहित उपस्थित भएका छन् ।

फाइनलमा टस जितेर जनकपुरविरुद्ध सुदूरपश्चिम रोयल्सले ब्याटिङ गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम दीपेन्द्र सिंह ऐरीको कप्तानीमा तथा जनकपुर आसिफ शेखको कप्तानीमा मैदान उत्रँदैछ ।

नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिताको उपाधि कसले जित्ला भन्ने कौतूहल त छ नै त्यतिकै मात्रामा फाइनल हेर्न दर्शक समेत उत्साहित देखिन्छन् । प्रतियोगितामा विभिन्न ८ फ्रेन्चाइज टोली सहभागी थिए । जसमध्ये सुदूरपश्चिम र जनकपुर बोल्टस्‌ले फाइनल यात्रा तय गरेका हुन् ।

तस्वीरहरु : विकास श्रेष्ठ, चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?