+
+
WC Series
सुदूरपश्चिम रोएल्स
184/9 (20)
VS
९७ बलमा १३८ रन आवश्यक
जनकपुर बोल्ट्स
47/0 (3.5)

सर्केगाडको टेलिफोन टावर तोडफोड, सञ्चार सेवा अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ६ गते १३:१९

६ पुस, हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका-५ को भदालीमा राखिएको नेपाल टेलिकमको टावर तोडफोड भएको छ ।

टावर तोडफोड भएसँगै सर्केगाड गाउँपालिकावासी सञ्चारविहीन भएका छन् । अज्ञात समूहले राति गएर सोलार तोडफोडदेखि तारहरू चुडालेपछि दुई दिनदेखि सर्केगाडबासी सास्ती खेप्नु परेको हो ।

भदालीमा रहेको टेलिकमको टावर तोडफोड भएपछि सर्केगाड गाउँपालिकाको काम पनि प्रभावित भएको वडानम्बर ४ का छवि थापाले बताए ।

टेलिफोन सेवा अवरुद्ध हुँदा गाउँपालिका केन्द्र सर्केगाड, वडा-१, ४, ५, ६, ७ र ८ नम्बर वडाका सेवाग्राही फोन सम्पर्कमा जोडिन नसकेको बताएको छ । नेपाल टेलिकमको टावर तोडफोड भएपछि स्थानीय सेवाग्राहीहरूले सास्ती खेप्नु परेको नेपाल टेलिकम हुम्लाका प्राविधिक सहायक गोर महतले बताए । प्रहरी मुचुल्का नआएसम्म मर्मत नहुने महतको भनाइ छ । तीनपटक तोडफोड भएको महतले बताए ।

सर्केगाडमा इकाला प्रशासन कार्यालय, सिटिजन्स बैंक, अन्य विभिन्न संघसंस्थाका उपशाखा समेत रहेका छन् ।

फोन सेवा नहुँदा कार्यालयको दैनिक कामकाजको जानकारीका साथै सूचना सम्प्रेषणमा समेत समस्या बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?