+

खेलमा हारजित हुन्छ, अर्कोपटक राम्रो गर्छौं : दीपेन्द्रसिंह ऐरी

२०८१ पुष  ६ गते १६:५७ २०८१ पुष ६ गते १६:५७
खेलमा हारजित हुन्छ, अर्कोपटक राम्रो गर्छौं : दीपेन्द्रसिंह ऐरी

६ पुस, काठमाडौं । सुदूरपश्चिम रोएल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले खेलमा हारजित हुने बताएका छन् ।

शनिबार भएको फाइनल खेलमा जनकपुरसँग सुदूरपश्चिम स्तब्ध बन्न पुग्यो । रोमाञ्चक खेलमा ५ विकेटले पराजित भएपछि प्रतिक्रिया दिने क्रममा ऐरीले खेलमा हारजित हुने र त्यसलाई स्वीकानुपर्ने बताए ।

‘खेलमा हारजित हुन्छ । अर्कोपटक राम्रो गर्छौं,’ ऐरीले भनेका छन् ।

आफ्नो नेतृत्वमा सुदूरपश्चिमलाई फाइनलसम्म पुर्‍याएका दीपेन्द्रले टिम उपविजेता बनेपनि व्यक्तिगत उपलब्धि भने हात पारे ।

टिमले उपाधि जित्न नसकेपनि दीपेन्द्रले कप्तानी देखि ब्याटिङ बलिङ र फिल्डिङ तीन क्षेत्रमा उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेका थिए ।

एनपीएल दीपेन्द्रसिंह ऐरी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय